मध्यपहाडी लोकमार्ग अभियान : लुम्बिनी प्रदेशमा प्रवेश (तस्बिरसहित)

1747803420 Dahal


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बैतडीको पाटनबाट सुरु भएको मध्यपहाडी लोकमार्ग अभियान झरीबिच लुम्बिनी प्रदेशमा प्रवेश गरेको छ। 

मध्यपहाडी क्षेत्रमा वर्षा भइरहेको अवस्थामा अभियान टोली रुकुम पश्चिम हुँदै रुकुमपूर्व आइपुगेको हो। अभियानका क्रममा बैतडीको पाटनमा फहराइएको राष्ट्रिय झण्डा र कम्युनिस्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। यो अभियानको अन्तिम गन्तव्य सोलुखुम्बु पुगेर समापन हुनेछ। 

नेकपा (माओवादी केन्द्र) ले तराईको हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग अभियानलाई जनतासँग र वर्गीय आधारमा पार्टीको सम्बन्ध बलियो बनाउने राजनीतिक जागरणको अभियानका रूपमा लिएको छ।

1747803455 WhatsApp%20Image%202025 05 21%20at%2009 50 35
1747803455 WhatsApp%20Image%202025 05 21%20at%2009 50 35%20(1)
1747803454 WhatsApp%20Image%202025 05 21%20at%2009 50 36
1747803453 WhatsApp%20Image%202025 05 21%20at%2009 50 36%20(1)
1747803452 WhatsApp%20Image%202025 05 21%20at%2009 50 37
1747803449 WhatsApp%20Image%202025 05 21%20at%2009 50 38%20(1)
1747803450 WhatsApp%20Image%202025 05 21%20at%2009 50 38

 





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *