भिजन सेक्युरिटिजको कर्मचारी अभिमुखीकरण तालिम सम्पन्न 

vision securities 1


काठमाडौँ । ब्रोकर नं. ३४ अर्थात् भिजन सेक्युरिटिजको कर्मचारी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । कम्पनीले चैत्र २२ गतेदेखि २४ गतेसम्म द कल्चर सिरोर्ट लेकसाईड, पोखरा, कास्कीमा आयोजना गरेको उक्त तालिम सम्पन्न भएको हो ।

तालिममा कम्पनीका उपत्यका बाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखा गरि कुल १२ शाखाका ६२ जना कर्मचारीहरु उपस्थित थिए ।

सम्पत्ती शुद्धिकरण निवारण ऐनसँग सम्बन्धित नीतिहरु तथा अन्य सेवा प्रवाहसँग सम्बन्धित विषयवस्तु तथा साइबर सेक्युरिटिज सम्बन्धि विषयमा तालिम सम्पन्न भएको छ ।कार्यक्रममा कम्पनीका वरिष्ठ आईटी अधिकृत आकाश कुमार साहले साइबर सेक्युरिटी सम्बन्धि जानकारी गराएका थिए भने प्रमुख सञ्चालन अधिकृत तथा कार्यन्वयन अधिकृत प्रकाश अधिकारीले कार्य विवरण, कार्मचारी एवं ग्राहकहरुसँगको समन्वय र सम्पत्ति शुद्धिकरण निवारणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

vision securities 2

त्यस्तै, कम्पनीका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले आफ्नो कम्पनीको कार्य योजना, उद्देश्य, लक्ष्य अनुरुप ग्राहकहरुसँग समन्वय गरि सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

कम्पनीले सम्पुर्ण शाखाका कर्मचारीहरुलाई समेटिने गरि प्रत्येक वर्ष कर्मचारी अभिमुखिकरण तथा तालिम कार्यक्रम गर्दै आईरहेको र आगामी वर्षहरुमा समेत निरन्तरता दिने जानकारी गराएको छ । त्यस्तै, तालिम प्राप्त कर्मचारीहरुबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाहमा थप सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *