भट्टको राजिनामा स्वीकृत नगरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघ आक्रोशित, भन्यो- ‘कामु गभर्नरको क्षमतामै शंका छ’

dhungana bhatta


काठमाडौँ । डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नगरेको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आक्रोशित बनेका छन् । राष्ट्र बैंकको गभर्नरका प्रत्याशी समेत रहेका भट्टले राजिनामा दिएको एक महिना पुग्न लाग्दा पनि राजिनामा स्वीकृत नभएको भन्दै कर्मचारी संघले आक्रोश व्यक्त गरेको हो ।

संघले भट्टको राजिनामा समेत स्वीकृत गर्न नसकेको भन्दै राष्ट्र बैंकको कामु गभर्नर डा. निलम ढुंगानाको क्षमतामाथि प्रश्न उठाएको छ ।

त्यस्तै, संघले विज्ञप्ति नै निकालेर काम गभर्नर ढुंगानासँग डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न पनि माग गरेको छ । संघले एक महिना अघि नै गभर्नरविहीन भएको अवस्थामा गभर्नरकै प्रत्याशीको राजिनामा स्वीकृत नगरेर नियुक्ति प्रक्रिया झन् लम्ब्याउनु गलत भएको पनि उल्लेख गरेको छ ।

यता संघले राष्ट्र बैंकको नेतृत्व सम्हालिरहेकी ढुंगानाले एक जना कर्मचारीको राजिनामा समेत स्वीकृत गर्न नसक्नुले उनको क्षमता माथि नै प्रश्न उठाएको उल्लेख गरेको छ । यति सम्मकी ढुंगानाले नेपालको श्रम ऐन धारा २९, श्रम ऐन २०७४, सुशासन नियमावली २०६५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को ठाडो उल्लंघन गरेको कर्मचारी संघले बताएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *