काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२१ कम्पनीको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबारको बजारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।