बिचौलियाले नै निलम ढुंगानाको नाम लिएपछि राष्ट्र बैंकले पहिलो महिला गभर्नर पाउने सम्भावना अधिक !

Nilam Dhungana 1


काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर को बन्छ ? भन्ने चर्चा चलिरहेका बेला गभर्नरमा राष्ट्र बैंककै डेपुटी गभर्नर निलम ढुंगानाको सम्भावना प्रबल देखिएको छ । 

वरिष्ठताका हिसाबले पनि अरु डेपुटी गभर्नर भन्दा उनको नाम अघि छ । अर्कोतर्फ ढुंगाना गभर्नर भए उनी नेपालको इतिहासमै राष्ट्र बैंकको गभर्नर बन्ने पहिलो महिला हुनेछिन् । यही कारण पनि प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निलम ढुंगानालाई नै गभर्नर बनाउन चाहन्छन् । 

यसो त राष्ट्र बैंकको गभर्नर नियुक्तिमा हाबी भएका बिचौलियाले समेत ढुंगानाकै नाम लिएपछि उनी राष्ट्र बैंकको गभर्नर बन्ने सम्भावना अधिक रहेको स्रोतको दाबी छ । यद्यपि ढुंगानालाई नै राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने विषयमा निर्णय भइसकेको छैन । 

स्रोतका अनुसार गभर्नर नियुक्तिका विषयमा सत्ता साझेदार दल (काँग्रेस-एमाले) बीच कसलाई गभर्नर बनाउने ? भन्ने विषयमा छलफल भइरहेको छ । छलफलमा निलम ढुंगानालाई नै गभर्नर बनाउने विषय सहमति नजिक पुगेको स्रोतको दाबी छ । यदि सरकारले निलम ढुंगानालाई नै राष्ट्र बैंकको गभर्नर नियुक्त गरे उनी नेपालकै पहिलो महिला गभर्नर बन्नेछिन् । 

ढुंगाना २०७७ फागुन २५ गते राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरका रुपमा नियुक्त भएकी थिइन् । उनी नेपाल राष्ट्र बैंकको ६४ वर्षको इतिहासमा डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *