काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा शनिबार एक प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, आगलागी भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली तत्काल घटनास्थलमा परिचालित गरिएको छ।
आगलागी नियन्त्रणका लागि पहिलो चरणमा जुद्ध बारुण यन्त्रका तीनवटा दमकल पठाइएको छ भने अन्य थप दमकलहरू पनि घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
थप विवरण आउँन बाँकी !
प्रकाशित: ३० चैत्र २०८१ १८:३९ शनिबार