
बबरमहल सडक (फाइल तस्वीर)
३० चैत, काठमाडौं । काठमाडौंको बबरमहलस्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा प्र.२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिएको थियो ।
उक्त ठक्करमा परेर अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार ब्यूरोले जानकारी दिएको छ ।
मृतकको नाम, थर र वतन भने खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।