नेपाली चलचित्र ‘कर्म’ को शीर्षक गीत सार्वजनिक भएको छ। चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको यो गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
‘कर्म’ को शीर्षक गीतमा दुर्गेश थापाले गायन, सङ्गीत र शब्द रचना गरेका छन्। उनकै संयोजनमा तयार भएको यो गीतको मिक्सिङ र मास्टरिङ बिमल छिनालले गरेका हुन्।
बीट प्रोडक्सन सविन बिष्टको छ भने पृष्ठभूमि स्वरमा आरसी रिमाल र भुषण खतिवडाले साथ दिएका छन्।
दुर्गेश थापा पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा निकै चर्चित छन्। उनको अघिल्लो गीत ‘दुस्मन हेरेको हेर्यौ’ युट्युबमा ५ करोड ६० लाख (५६ मिलियन) पटक हेरिएको छ।
चलचित्र ‘कर्म’ यही चैत्र २९ गतेदेखि प्रदर्शनमा आउँदै छ।
प्रकाशित: २४ चैत्र २०८१ १९:५३ आइतबार