कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको मतगणनामा अध्यक्ष पदका विजयकुमार मिश्र नेतृत्वको समूहले हजार मतले अग्रता लिइरहेका छन् ।
मतगणनाको दोस्रो दिनको बेलुकीसम्म अध्यक्ष पदका प्रतिस्पर्धी मिश्रले २ हजार १० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले जानकारी दिए । त्यसैगरी अध्यक्ष पदका प्रतिस्पर्धी रमनकुमार श्रेष्ठले १ हजार ७ मत प्राप्त गरेका छन् ।
‘नेपालगञ्जबाहेक उपत्यका बाहिरको मत गणना सकिएको छ । यो संख्यामा नेपालगञ्जको गणना भइरहेकाले थपिन बाँकी छ ।’
बारको बिहिबारसम्म मत गणना सकिएर परिणाम आउने निरालाले बताए । केन्द्रीय समितिका लागि नेपाल बारको देशभरिबाट शनिबार प्रत्यक्ष निर्वाचन भएको थियो । बारले देशभरका विभिन्न बार इकाईबाट मतपेटिका काठमाडौं ल्याएपछि गन्न थालेको थियो ।
प्रकाशित: २६ चैत्र २०८१ १८:१४ मंगलबार