काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ । आत्मविश्वासका साथ लागेको छ । देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा निजी क्षेत्र र सरकारको सहकार्यको आवश्यकता छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौँ । देश विकास गर्न सक्छौँ । स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो ।’
त्यस्तै, उनले अहिलेको देशमा भ्रष्टाचार न्यूनिकरण र अन्त्य गर्न समेत यो सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको उल्लेख गरेका छन ।
त्यस्तै, सोही कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि मुलुकको अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताएकी छन् ।