अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ परेका छन्।
काठमाडौं, महानगरपालिका-११ सुन्धारास्थित न्यू पोखरा प्यालेस होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट, नोर्फिन ४ एम्पुल, डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन हाइड्रोक्लोराइड ३ एम्पुल, नगद २९ हजार ३ सय ३० रूपैयाँ र मोबाइल ३ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ असन घर भई काठमाडौं डल्लु बस्ने ३२ वर्षीय रोहन शाही र सोही महानगरपालिका-१३ कालिमाटी बस्ने २८ वर्षीय मनिष श्रेष्ठ रहेका छन्।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले होटलको ११२ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७२ प ९६१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
बारा, आदर्श कोतवाल गाउँपालिका-३ वाताराबाट अवैध लागूऔषध गाँजा करिब २ सय २५ किलोग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई गए राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खेतमापार्किङ गरी राखेको प्र.२-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरको ढाला मुनि फल्स बटन बनाईलुकाई छिपाई राखिएको १५ वटा कार्टुनमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक नन्दकिशोरलाई पक्राउ गरेको हो।
साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न मकवानपुर हेटौंडा नगरपालिका-४ बस्ने २१ वर्षीय कमाण प्रजा, मकवानपुरकैलास गाउँपालिका-४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र मकवानपुर बकैया गाउँपालिका-५ छतिवन बस्ने २२ वर्षीय नवराज मगरलाई समेत बारा कोल्हवी नगरपालिकास्थित रोज उड होटलको कोठा नम्बर ३०३ बाट प्रहरीले पक्राउ गरेको छ।
सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध फेनारगन ९ एम्पुल, एभिल ९ एम्पुल, डाइजेपाम ९ एम्पुल रलुपिजेसिक ९ एम्पुल सहित सोही उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ३० वर्षीय भरत रसाइलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ शितल मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३५ ट्याब्लेट, कोलिवन ५ हजार ६० ट्याब्लेट,स्पास्पेन ९४ ट्याब्लेट, डिकोलिक २० ट्याब्लेट, नाइट्राजेपाम १ सय ९० ट्याब्लेट, एरोमिन्क१६ ट्याब्लेट, अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम,नगद २ लाख ५३ हजार ७ सय ९६ रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर घर भएका ३० वर्षीय सुजन श्रेष्ठ, ३१ वर्षीय सागर राई र १७ वर्षीय किशोर रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो।
झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर लाईनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २० वर्षीय सुमित मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ स्थित देउराली होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित इलाम सूर्योदय नगरपालिका-२ बस्ने २१ वर्षीया सन्ध्या विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित साठ्ठी बिगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम, नगद ५ हजार रूपैयाँ, ल्याप्टप १ थान र मोबाइल ४ थान सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ शान्तिगाउँ बस्ने २९ वर्षीय दिपक मल्लिक, सोही नगरपालिका-६ मेचीडाँडा बस्ने २५ वर्षीयसरोज दाहाल, २६ वर्षीयशौगात पोखरेल र सोही नगरपालिका-७ सत्तिघट्टा बस्ने २१ वर्षीय गुडु भन्ने बिजय भुजेल रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ ट्याब्लेट र नगद १७ हजार ५ सय ४० रूपैयाँ सहित सोही उपमहानगरपालिका-१३ मजुवा बस्ने २४ वर्षीय अजय थिङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-२ ए गाउँ बस्ने २६ वर्षीय गौरव विक र २३ वर्षीय सन्देश खत्री रहेका छन्। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय मिलिग्राम सहित गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २६ वर्षीय बिष्णु चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.३ प ९७१० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ पुष्पनगरस्थित मान झुण्डी सामुदायिक वनको प्रतिक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २३ वर्षीय प्रकाश धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ राजापुर बजार बस्ने २० वर्षीय बिकल्प थारू र सोही नगरपालिका-९ दक्षिण चैनपुर बस्ने २५ वर्षीय आशिष थारू रहेका छन्।
इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले कैलाली सत्तिघाटबाट राजापुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ८५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ,विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २० मिलिग्राम सहित बेलबारी नगरपालिका-३ बस्ने २४ वर्षीय प्रवेश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ९०७५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ डेरा गरी बस्ने सोही नगरपालिका-११ घर भएका २७ वर्षीय नविन बुढा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
उदयपुर, त्रियुगा नगरपालिका-१० हात्तिमारा टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५९ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६२ ट्याब्लेट र कोलिवन ३ सय ७४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय अनमोल राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २० वैशाख २०८२ १८:०१ शनिबार