दुर्गा प्रसाईंलाई १२ दिन थुनामै राखिने, राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिँदै

durga prasain 3


काठमाडौँ । दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने भएको छ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनका ‘कमान्डर’ समेत रहेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

प्रसाईंलाई नेपाल प्रहरीले शुक्रबार झापाबाट औपचारिक रुपमा पक्राउ गरेको हो । 

त्यसअघि प्रसाईंलाई पूर्वी नेपालको सीमावर्ती क्षेत्र आसामबाट बिहीबार नै नियन्त्रणमा लिइएको थियो । बिहीबार नै नियन्त्रणमा लिइएका प्रसाईंलाई शुक्रबार बिहान नेपाल ल्याइएको थियो । नेपाल ल्याए लगत्तै उनलाई नेपाल प्रहरीले औपचारिक रुपमा पक्राउ गरेको हो । 

त्यसपछि काठमाडौँ ल्याइएका प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेश गरिएको थियो । अदालतले पनि प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईंविरुद्ध राज्यविरुद्ध को कसुर र  सङ्गठित अपराधको कसुरमा अनुसन्धान हुने भएको छ ।

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *