दर्शकको दबाबपछि ‘सीआइडी’मा शिवाजी साटमलाई फर्काउँदै सोनी टिभी

shiva satam CID


काठमाडौं । भारतको चर्चित टेलिभिजन शो ‘सीआइडी’ केही सातादेखि चर्चामा छ । यो शोमा एसीपी प्रद्युमनको भूमिकामा देखिँदै आएका अभिनेता शिवाजी साटम शोबाट बाहिरिएको संकेत गर्दै सोनी टिभीले गतसाता एक पोस्ट गरेको थियो ।

उक्त पोस्टरमा एसीपी प्रद्युमनलाई ‘रिप’ लेख्दै बम विस्फोटमा मृत्यु भएको संकेत गरिएको थियो । सोनीको यो पोस्ट लगत्तै शिवाजी साटमका फ्यान आक्रोशित र चिन्तित देखिएका थिए । तर, केहीले भने सोनी टिभीको यो फन्डालाई पत्याएका थिएनन् ।

पिंकभिल्लाका अनुसार एसीपी प्रद्युमनको रोलमा शिवाजी साटमले भव्य पुनरागमन गर्दैछन् । अभिनेता साटम शोमा नफर्किने खबर आएपछि प्रशंसकले उनलाई फिर्ता ल्याउनुपर्ने दबाब टिभी माथि दिइरहेका थिए । यस्तोमा, शोले पुनः अभिनेता साटमलाई नै एसीपी प्रद्युमनको रोलमा फिर्ता ल्याउन लागेको हो ।

शिवाजी साटम फर्किने भएपछि फ्यान उत्साहित छन् । उनी फर्किने खबरपछि प्रशंसकले सामाजिक संजालमा उत्साह व्यक्त गरिरहेका छन् । यसअघि अभिनेता साटम शोबाट बाहिरिएपछि उनको ठाउँमा पार्थ सामथानको प्रवेश हुन लागेको चर्चा थियो । तर, उनले प्रस्तावलाई अस्वीकार गरेको विवरणमा जनाइएको छ ।

केही समय बन्द रहेको सीइआडीको दोस्रो सिजन डिसेम्बर २१, २०२४ बाट पुनः आउन थालेको हो ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *