थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली 

Kp Oli 13


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन् । औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जान लागेका हुन् । 

आफ्नो थाइल्याण्ड भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकमा जानकारीसमेत गराएका छन् ।

उनले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्री पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चार दिनको हुनेछ । 

भ्रमणका क्रममा ओलीले थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नेछन् । त्यसबाहेक थाइल्याण्डका प्रतिष्ठित व्यवसायीसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीले पर्यटन र सांस्कृतिक सन्दर्भमा दुई समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् । उनले भ्रमणका क्रममा चैत २२ गते बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *