जेनी खड्का र समृद्धि महर्जनले सोमबार ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा समृद्धिले श्रेया भट्टराईलाई ६–३, ०–६ र ६–४ को सेटमा हराउँदा जेनीले यी ओयाङबाट वाक ओभर पाएकी हुन्।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कर्मिस्था नुगाह श्रेष्ठले प्रशंसा मोक्तानलाई ७–६ र ६–१, आइसा डोल्कर गुरुङले म्यान्डी जियाङलाई ६–० र ६–१ तथा स्वस्तिका विष्टले प्राज्ना मानन्धरलाई ६–२ र ७–५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
पुरुष सिंगल्समा आरभसम्राट हाडाले मनोज महर्जनलाई ६–० र ६–०, सन्देश अधिकारीले इरफान उद्दिनलाई ६–० र ६–० तथा दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ६–२ ले हराए। प्रणव खनालले विपुलविभोर अधिकारीबाट वाकओभर पाए। भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा नवीन श्रेष्ठ, गगन महर्जन, भीमबहादुर थापा, कुशल पाण्डे, रामबहादुर नेपाली, ब्रविमविक्रम थापा, कृष्णदेव उप्रेती र दावा सोनमले सफलता पाए।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको ६५ वर्षमाथि पुरुष सिंगल्समा वाल्टर स्मित, पवित्रजंग रायमाझी र ज्ञानेन्द्रमान ताम्राकारले जित निकाले। ५५ वर्षमाथि पुरुष सिंगल्समा ताई ह्वान हुर र उत्तम बोगटीले जित हात पारे। भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा शिव सेढाईं र राजु क्षेत्री, प्रेम थापा र रमेश रोक्का, उत्तम बोगटी र सञ्जय झा, राम राणा र सागर केसी तथा मनोजबहादुर शाह र सञ्जीव श्रेष्ठको जोडीले आआफ्ना प्रतिद्वन्द्वीलाई हराए।
६५ वर्षमाथि पुरुष डबल्सतर्फ ज्ञानेन्द्र ताम्राकार र सहदेव ढुंगाना तथा मनोज राणा र धीर गुरुङको जोडीले दोस्रो चरणमा स्थान बनाएका छन्। यसै विधामा विदुर विष्ट र भिक्टर राणा तथा फादर म्याथ्यु र प्रेम थापाको जोडीले वाकओभर पाए। भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठ, रोहित सुनुवार र इब्राहिम मुस्लिम, कमलबहादुर भण्डारी र सुमित मैनाली तथा मानबहादुर कटुवाल र हिमाल शाहको जोडी विजयी भए।
प्रकाशित: १६ वैशाख २०८२ ०७:४५ मंगलबार