दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन् ।
अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यू-१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल र हिमाल विस्ट तथा गल्र्समा इभाना थापा, बिका राई र योन्जी पौडेल चयन भएका हुन् । पुरुषमा रुविन महर्जन र महिलामा दिया देउवा वैकल्पिकमा रहेका छन् ।
यसैगरी यू-१५ उमेर समूहमा ब्वाइजमा प्रजित भट्टराई, ज्यस्नु महर्जन र आर्यन शाही तथा गल्र्समा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन र सुरम्या शाक्यले छनोट चरण पार गरेका छन् । पुरुषतर्फ रिजन शाक्य र महिलातर्फ सिर्या शाक्यलाई वैकल्पिकमा राखिएको छ ।
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिता नेपालमै अप्रिल २४ देखि २७ तारिखसम्म हुँदैछ ।
प्रकाशित: २४ चैत्र २०८१ १९:३९ आइतबार
# junior tabletennis