च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्यान्डले दियो भारतलाई २५२ रनको लक्ष्य

1741522466 crick4


आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डले भारतसामु २५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

दुबईमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रनको मध्यम योगफल तयार पारेको हो ।  

किबिज टोलीका लागि ड्यारेल मिचेलले सर्वाधि ६३ रन बनाए । रचिन रभिन्द्र ३७ र ग्लेन फिलिप्स ३४ रनमा आउट भए । मिचाइल ब्रासवेल ५३ रनमा नटआउट रहे ।

बलिङतर्फ भरुण चक्रवर्ती र कुलदिप यादवले समान २ विकेट लिए । मोहमद सामी र रबिन्द्र जडेजाको नाममा एकएक विकेट रह्यो । 

प्रकाशित: २५ फाल्गुन २०८१ १८:१४ आइतबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *