चीनले बहुमूल्य धातुहरूको आपूर्ति रोकेपछि सवारी, हतियार र विमान महँगिने, ट्रम्पले के भने ?

donald trump


१ वैशाख, काठमाडौं । चीनले अमेरिकासँगको बढ्दो व्यापार युद्धको बीचमा ७ थरी बहुमूल्य दुर्लभ धातु निर्यातमा रोक लगाएको छ ।

चीनले गाडी, ड्रोन, रोबोटदेखि मिसाइलसम्म निर्माण गर्न आवश्यक चुम्बकको आपूर्ति पनि बन्दरगाहमै रोकिदिएको छ ।

यी धातुहरू अटोमोबाइल, सेमिकन्डक्टर र एयरोस्पेस उद्योगका लागि अत्यन्तै आवश्यक छन् । यस निर्णयले विश्वभरका मोटर वाहन, विमान, सेमिकन्डक्टर र हतियार उत्पादन गर्ने कम्पनीहरूमा प्रभावित हुनेछन् ।

चीनले यही ४ अप्रिलमा समेरियम, ग्याडोलिनियम, टरबियम, डिस्प्रोसियम, लुटेसियम, स्क्यान्डियम र यिट्रियम नामका ७ बहुमूल्य धातुहरूको निर्यातमा रोक लगाउने आदेश जारी गरेको थियो ।

आदेशअनुसार यी धातुहरू र तिनबाट बनेका विशिष्ट चुम्बकहरू अब विशेष अनुमति लिएपछि मात्र चीनबाट बाहिर पठाउन पाइनेछ ।

ट्रम्पको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार यसबारे प्रतिक्रिया दिंदै सेमिकन्डक्टर र पूरै इलेक्ट्रोनिक आपूर्ति शृङ्खलाको समीक्षा गर्ने बताएका छन् ।

समाचार संस्था एएफपीका अनुसार ट्रम्पले कुनै पनि देश करको ‘दायराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् ।

ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेका छ ।

अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमिकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनहरूको लागि कर छुटको सूची सार्वजनिक गर्दै दबाबलाई केही कम गरेको थियो । यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो ।

ट्रम्प र उनका केही शीर्ष सहयोगीहरूले ९० दिन कर छुटको गलत अर्थ लगाइएको आइतबार बताएका छन् । यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुहरूमा नयाँ करहरू लगाउने दिशामा छलफल गरिरहेको छ ।

‘चीन मात्र होइन, विशेष गरी जसले अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्दछ ! कोही पनि ‘कर वृद्धि’को जोखिमबाट टाढा छैन, अमेरिकी राष्ट्रपतिले शनिबार राति आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जारी सन्देशमा भनेका छन् ।

सेमिकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।

नयाँ छुटले एनभिडिया र डेल जस्ता अमेरिकी टेक कम्पनीका साथै चीनमा आईफोन र अन्य प्रिमियम उत्पादनहरू बनाउने एप्पललाई फाइदा पुर्‍याउनेछ।

उनले अहिलेसम्म स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक उपकरणहरूलाई पारस्परिक भन्सार शुल्क अस्थायी रूपमा दिइएको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी इलेक्ट्रोनिक सामानमा छुट हटाएर छुट्टै भन्सार शुल्क लगाइनेछ ।

यसअघि अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले पनि स्मार्टफोन, कम्प्युटरसहितका अन्य इलेक्ट्रोनिक उपकरणहरूलाई दिइएको छुट अस्थायी भएको बताएका थिए ।

लुटनिकका अनुसार आगामी दुई महिनाभित्र यी वस्तुहरूमा नयाँ भन्सार शुल्क लागु गरिनेछ र त्यसको औपचारिक घोषणा पछि हुनेछ ।

उनका अनुसार भन्सार शुल्क राष्ट्रिय सुरक्षाको सन्दर्भमा लगाइनेछ ताकि उत्पादन अमेरिकामै होस् ।

अमेरिकी राष्ट्रिय प्रतिरक्षा सञ्जालका लागि महत्वपूर्ण मानिएका वस्तुहरूमा आगामी क्षेत्र–विशिष्ट करका लागि लक्षित प्राप्त केही छुट इलेक्ट्रोनिक्स उपभोक्ताहरूका लागि अल्पकालिक राहत हुन सक्छ ।

‘हामी आगामी राष्ट्रिय सुरक्षा कर अनुसन्धानमा सेमिकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति शृङ्खलालाई हेरिरहेका छौं,’ ट्रम्पले आइतबार भने ।

ट्रम्पका व्यापार प्रतिनिधि जेमिसन ग्रीरले आइतबार सीबीएस ‘फेस द नेसन’ सँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच वार्ताका लागि तत्काल कुनै योजना नभएको बताएका छन् ।

अस्थायी छुटले अमेरिकी टेक कम्पनीलाई राहत

अमेरिकी कस्टम एन्ड बार्डर प्रोटेक्सन (सीबीपी) ले शनिबार एक सूचना जारी गर्दै स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक उपकरणहरूलाई भन्सार शुल्कबाट अस्थायी छुट दिएको जनाएको थियो।

यो निर्णय अमेरिकी टेक कम्पनीहरूले ठूलो राहत महसुस गरेको बताइएको छ ।

तर ट्रम्पको निरन्तर बदलिंदो भन्सार शुल्क नीतिका कारण वाल स्ट्रिटमा २०२० को कोभिड महामारीपछिको सबैभन्दा ठूलो उतारचढाव देखिएको थियो ।

ट्रम्प सत्तामा फर्किएको जनवारी २० पछि स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० इन्डेक्स १० प्रतिशतभन्दा बढी घटेको थियो ।

ट्रम्पको १४५ प्रतिशत भन्सार शुल्कको जवाफमा चीनले पनि शुक्रबार अमेरिकी आयातमा आफ्नो भन्सार शुल्क १२५ प्रतिशतसम्म बढाएको थियो ।

तर चीनको वाणिज्य मन्त्रालयले आइतबार अमेरिकासँग अनुरोध गर्दै पारस्परिक भन्सार शुल्कको अभ्यास पूर्ण रूपमा अन्त्य गर्न आग्रह गरेको थियो ।

चीनको प्रतिक्रिया- शेरको घाँटीमा घण्टी बाँध्नेले नै खोल्नुपर्छ

चीनको वाणिज्य मन्त्रालयले भनेको थियो- शेरको घाँटीमा घण्टी बाँध्नेले नै खोल्न सक्छ । अमेरिका आफैंले आफ्ना गल्ती सुधार गर्नुपर्छ ।

पारस्परिक भन्सार शुल्कजस्ता गलत अभ्यास अन्त्य गरेर परस्पर सम्मानको बाटोमा फर्किनुपर्छ ।

भन्सार शुल्क युद्धको बीचमा चीनले केही दिनअघि नै स्पष्ट पारेको थियो— अमेरिका सामु घुँडा टेक्नुको सट्टा अन्तिमसम्म लड्ने विकल्पमा जान्छ ।

एजेन्सीको सहयोगमा





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *