गभर्नर नियुक्तिमा शेखर कोइरालाको शंका, भने, ‘बिचौलिया हाबी हुनु सरकार र देश दुवैका लागि दुर्भाग्य’

shekhar koirala


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिमा चलखेलको शंका व्यक्त गरेका छन् । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि हुन लागेको नयाँ गभर्नरको नियुक्तिमा उनले चलखेलको शङ्का व्यक्त गरेका हुन । 

गभर्नर नियुक्तिमा बिचौलिया हाबी हुन लागेको भन्ने सुनको भन्दै उनले गभर्नर नियुक्तिमा चलखेल हुन नहुने बताएका छन् । 

नेता कोइरालाले यदि गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको हल्ला सत्य भए, त्यो सरकारसँगै देशकै लागि दुर्भाग्य हुने बताएका छन् । गभर्नर नियुक्तिको विषयमा बिचौलिया हाबी हुने हल्ला सामान्य विषय नभएको भन्दै उनले त्यसप्रति चनाखो रहन सरकारलाई आग्रह समेत गरेका छन् । 

त्यस्तै, उनले गभर्नर संवेदनशील पदको नियुक्तिमा चलखेल गरेर मुलुकको अर्थतन्त्रमा खेलाँची नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् । 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *