गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : राणा – Online Khabar

patrakar manch


३० चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर जबराले अन्य दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको बताएका छन् ।

नेपाल पत्रकार मञ्चको शनिबार ललितपुरमा आयोजित सातौं महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका राणाले नेपाली मिडिया समाजका पहरेदारका रूपमा क्रियाशील रहेको बताए । ‘नेपालका पत्रकारहरूले जो साँचो कुरा भन्नुपर्छ, ती मुद्दाहरूको खुलासा गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भने ।

उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने चर्चा गर्दै नेपालमा गणतन्त्र ल्याउन नेपाली सञ्चारकर्मीहरूको पनि ठूलो योगदान रहेको बताए । उनले व्यक्तिका कमजोरीलाई देखाएर गणतान्त्रिक व्यवस्थामा कमजोरी देखाउन नहुने पनि बताए ।

patrakar manch 1
नेपाल पत्रकार मञ्चको सातौं महाधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर जबरा । तस्वीर : रासस ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पत्रकारिता क्षेत्रको सशक्तीकरणमा नेपाली सञ्चारकर्मीको योगदानको चर्चा गरे ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले श्रमजीवी पत्रकारको हकहितका लागि पत्रकार महासंघ सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले समाजका विभिन्न पक्षले सञ्चारमाध्यम र पत्रकारहरूलाई निशाना बनाइरहेको भन्दै पत्रकारहरूले आचारसंहिताको आधारमा काम गर्दा आतंकित हुने पर्ने अवस्थाको अन्त्य हुने पर्ने धारणा राखे ।

उद्घाटन समारोहमा ६ जना पत्रकारलाई पुरस्कृत र सम्मानित गरिएको थियो । नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौतलाई २५ हजार रुपैयाँ नगदसहित क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार सम्पादक रामकला खड्कालाई १५ हजार पुरस्कार राशिको प्रताप स्मृति पत्रकारिता पुरस्कार, चन्द्रसूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई ११ हजार १११ रुपैयाँको गौरीनारायण श्रेष्ठ मध्याह्न दैनिक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै, चेतनराज पाण्डे, घनश्याम श्रेष्ठ र टंककला तिमिल्सेनालाई क्रमशः नाजिर उद्दिन मिया स्मृति, डा. चुडाबहादुर श्रेष्ठ स्मृति र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको मञ्चका महासचिव विमल थापाले जानकारी दिए ।

तीन दशकदेखि पत्रकारितामा सक्रिय शिरोमणि दवाडी, महिला प्रकाशक सितादेवी श्रेष्ठ, मञ्चका संस्थापक महासचिव बैकुण्ठ भण्डारी, क्रियाशील पत्रकार गिरिजाप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का उपाध्यक्ष नविनरसिंह नेपाली, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष चिरञ्जीवी अधिकारी र नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ) लाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको मञ्चका उपाध्यक्ष चन्द्रमणि भट्टराईले जानकारी दिए ।

मञ्चका अध्यक्ष युवराज विद्रोहीले आस्थाविहीन र निर्भिक भएर पत्रकारिता गर्नु पर्नेमा जोड दिए । महाधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *