‘कुलमानलाई बर्खास्त गरेर सरकारले गल्ती गर्यो’- विश्वप्रकाश 

bishwo prakash sharma


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताएका हुन् । 

उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले अदालतमा विचाराधीन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने पनि बताएका छन् । 

फरक प्रसङ्गमा बोल्दै महामन्त्री शर्माले राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भएपनि निर्मल निवास नदुखेको टिप्पणी गरेका छन् । उनले कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उल्लेख गरेका छन् ।

त्यस्तै, जनतामा रहेका निराशाहरु लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरु हल गर्दै जानुपर्नेमा महामन्त्री शर्माले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *