ऊर्जामन्त्री खड्कालाई माफी माग्न महावीरको सुझाव

1742646201 Kulman20ghising20Mahabir20pun20Deepak20khadka20 20Nagarik


राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरेका छन्। उनले ऊर्जामन्त्री खड्कालाई माफी माग्नसमेत भनेका छन्।

‘ऊर्जामन्त्रीज्यू, कि त कुलमान घिसिङले भन्दा जनताको चित्त बुझ्ने गरेर राम्रो काम गर्नुहोस्। नत्र भने माफी माग्नुहोस्, माफी दिन्छन् जनताले,’ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

अगाडि भूमिकामा उनले लेखेका छन्, ‘अर्थतन्त्र ध्वस्त भएपछि देश मर्छ र खत्तम हुन्छ। २१औं शताब्दीमा विद्युत् भनेको कुनै पनि देश निर्माण गर्ने र देश बचाउने एउटै मात्र शक्ति हो। विद्युत् भएन भने देश कस्तो होला भनेर आँखा चिम्म गरेर एक मिनेटसम्म कल्पना गर्नुहोस् त। मर्न लागेको नेपाल विद्युत् प्राधिकरण अहिले बचेको छ। अहिलेको ऊर्जामन्त्री जस्तो विवेकहीन र लोभी-पापी व्यक्तिले अहिलेसम्म भित्रभित्रै कति भ्रष्टाचार गरे होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ। राम्रो काम गर्ने व्यक्तिलाई हटाउन मरिमेटेर लाग्ने मन्त्रीलाई भोट दिने जनताहरूले एकपटक सोच्नु होस्। अहिलेको जमानामा दिउँसै रात पार्न खोजेका छन् गाँठे।’

मन्त्री खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच राम्रो सम्बन्ध छैन। मन्त्री खड्का निर्देशक घिसिङलाई हटाउन चाहन्छन्। उनले घिसिङलाई पटक-पटक स्पष्टीकरणसमेत सोधिसकेका छन्।

यही सन्दर्भमा पुनले माफी माग्न सुझाव दिएका हुन्। कुलमानलाई पुनले यसअघि पनि ऊर्जामन्त्री खड्काकै क्षेत्रमा गएर चुनाव लड्न सुझाव दिएका थिए।

प्रकाशित: ९ चैत्र २०८१ १८:१३ शनिबार





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *