उपसमितिले २७ वटा दफामा सकायो दफावार छलफल – Online Khabar

Shiksha samit


२६ चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयकको २७ वटा दफामा दफावार छलफल सकिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वस्थ्य तथा प्रविधि समितिको उपसमितिले आजसम्म २७ वटा दफामा छलफल सकाएको हो ।

‘छलफल घनिभूत रुपमा अगाडि बढेको छ । ३५ दिनभित्र उपसमितिले काम सकाउँछ,’ उपसमितिका सदस्य रामप्रकाश चौधरीले भने ।

उपसमितिले सहमति जुटाएका विषय भने सार्वजनिक गरेको छैन।  प्रतिवेदन तयार पारेर फुल समितिमा पेस गरेपछि सार्वजनिक गर्नेगरी उपसमितिले काम गरेको छ ।।

शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेकाले उपसमितिले द्रूत गतिमा छलफल अगाडि बढाएको हो । २०८० भदौ २७ मा विधेयक संसदमा दर्ता भएको थियो ।

१६३ वटा दफा रहेको विधेयकमा १७५८ बुँदा संशोधन परेको छ ।

सांसदहरूबाट परेको संशोधन, प्रदेश प्रदेशको प्रतिवेदन, विज्ञ र सरोकारवालाको सुझावलाई समेटेर दफावार छलफल चलिरहेको उपसमितिले जनाएको छ ।





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *