ईदका अवसरमा आज सार्वजनिक बिदा, नेप्से बन्द

nepse bull 8


काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद-उल-फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । सरकारले आज सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको छ ।

आइतबार २९.८९ अंकले बढेर २६९३.१२ बिन्दुमा पुगेर भन्द भएको नेप्से अब मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । नेप्सेसँगै आज देशभर बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान पनि बन्द रहनेछन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *